जनयुद्ध पराजित भएको होइन धक्का मात्र खाएको हो: गजुरेल

0

काठमाडौ १ फागुन ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव सिपी गजुरेल ‘गौरव’ले जनयुद्ध पराजित भएको  नभइ जनयुद्वले धक्का मात्र खाएको उल्लेख गर्नुभएको छ । पार्टी केन्द्रीय समितिले आयोजना गरेको ३० औ जनयुद्ध दिवस समारोहमा बोल्दै उहाँले जनयुद्धको  नक्कली उत्तराधिकारीहरु प्रचण्ड र बिप्लवले सक्कली उत्तराधिकारी दाबी गर्नु हास्यास्पद रहेको चर्चा गर्नुभयो । गजुरेलले क्रान्तिकारी कम्युनिस्ट पार्टी मात्र जनयुद्धको असली उत्तराधिकारी रहेको बताउदै जनयुद्ध लोकतान्त्रिक गणतन्त्रको लागि नभइ जन गणतन्त्रको लागि भएको स्मरण  गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हरिभक्त कंडेलले जनयुद्धले नेपालमा नयाँ जनवादी क्रान्तिको उदेश्य लिएको बताउनुभयो । पार्टीको स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले  जनयुद्धको बलिदानीको  ओजको स्मरण गर्दै  क्रान्तिकारी हरु बीचको एकता शुरु भएको र अब क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।  अर्का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले जनयुद्वको विभिन्न मोर्चाको सम्झना गर्दै अब क्रान्तिको तयारीमा लाग्न आह्वान गर्नुभयो । कार्यक्रममा सहिद परिवारबाट घनश्याम श्रेष्ठ , महिला नेतृ अम्बिका मुडभरी , पुर्ण बहादुर खड्का , घाइते योद्धा बिपिन रोकायाले मन्तब्य राख्नुभएको थियो ।

You might also like