भारतीय सुरक्षाकर्मीको हस्तक्षेप प्रति नेकपा (बहुमत)को ध्यानाकर्षण
नवलपरासी – नवलपरासीको भारत अतिक्रमित भुमि सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपको नेकपा बहुमत नवलपरासीले घोर भत्र्सना तथा निन्दा गरेको छ ।
सो पार्टीका जिल्ला सेक्रेटरी प्रज्वलले एक बक्तब्य जारी गर्दै नेपालको अखण्डता, सावैभौमसत्ता र स्वाधीनताको खिल्ली उडाउदै आफ्नो विस्तारवादी नीतिलाई लागु गर्न भारतीय सुरक्षाकर्मीले सुस्तामा हस्तक्षेप गरेको पार्टीको ठहर रहेको उल्लेख गरिएको छ।