क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ द्वारा माओ दिवस एवं सन्देश सभा सम्पन्न
दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिद्वार १३२ औ माओ दिवश तथा राष्ट्रिय एकता महाधिवेशन घोषणा सन्देश सभा सम्पन्न भएको छ ।
पार्टीका दाङ जिल्ला सचिव इश्वरी प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य पार्टीका जिल्ला सदस्य तिलक बि , क गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहराले माओले विश्व कम्युनिस्ट आन्दोलनमा पु-याउनु भएको योगदानको चर्चागर्दै अहिलेको समृद्ध चिन माओको उपहार हो भन्नुभयो । सामन्तवादी युगमा रहेको चिनलाई दिर्घकालिन जनयुद्वको योजना अनुसार देशीविदेशी दलालहरुको अन्त्य गर्न सफल भई जनबादी जनगणतन्त्र चिन अहिले बिश्वको समृद्ध मुलुक बन्न पुगेको छ ,उहाको दर्शनले बिश्वब्यापी उथलपुथल ल्याएको साम्यवादी मुलुक त्रसित रहेको कुरा राख्दै कमरेड माओले दिनु भएको दर्शन बिज्ञान सम्बत रहेको बताउनु भयो । अर्का बक्ता केन्द्रीय सदस्य नारायण योगीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले हामी तीन पार्टीको एकता मजबुत बनाएको कुरा राख्दै पार्टी एकताले देशिबिदेशी दलालहरु तर्सेको बताउनु भयो । राष्ट्रिय एकता महाधिवेशनले सम्पूर्ण मतभेद अन्त्य गर्न सफल भएको कुरा बताउनु भयो । यसैगरी बैकल्पिक केन्द्रीय सदस्य तथा घोराही नगर समिति इञ्चार्ज समेत रहनु भएका नवीन खडकाले कमरेड माओले बिश्व कम्युनिस्ट आन्दोलनमा पु-याउनु भएको चर्चा गर्दै राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएपछि जनतामा उत्साह थपिएको जनताको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै हो अब केही परिवर्तन हुनेछ भन्ने बिस्वास जनतामा रहेको कुरा राख्दै जिल्ला भित्रका समस्या तथा हल गर्न सकिने योजनाहरुको बारेमा मन्तब्य दिनु भएको थियो ।
कार्यक्रम सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय बैकल्पिक सदस्य तथा दाङ जिल्ला सह सेक्रेटरी दिपक बिष्टले गर्नु भएको थियो ।
यसैगरी पार्टीको योजना अनुसार सुकुम्बासी समस्या हलगर्न लमही नगरपालिका वडा नम्बर ३ का मुक्त सुकुम्बासी तथा मजदुर सहितको टोलीले दाङका प्रमुख जिल्ला अधिकारीलाई भेटघाट गरि सुकुम्बासी समस्या हलगर्न ज्ञापनपत्र बुझाएको छ ।