शहिद सप्ताह फागुन १४ देखि २१ गते सम्म मनाइदैं
काठमाडौं – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर बिबिध कार्यक्रम गर्दै शहीद सप्ताह मनाईदैछ ।
बलिदान दिवसको रुपमा परिचित शहिद सप्ताह फागुन १४ देखि २१ गते सम्म मनाइने गरिन्छ । बि.स. २०५२ साल फागनु १४ गते गोरखाका दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिनको सम्झना गर्दै यो दिवस मनाइने गरिएको हो ।
दिलबहादुर रम्तेल महान् जनयुद्धका प्रथम सहिद हुनुहुन्छ । जनयुद्धका प्रथम सहिद र झापा विद्रोहका योद्धाहरु नेत्र घिमिरेसहित ४ जनालाई सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेकोे २०२९ फागुन २१ गतेको सम्झनामा फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
जनयुद्धकै क्रमबाट यो दिवस मनाउन थालिएको थियो । बिभिन्न माओवादी पार्टीहरुले झापा विद्रोह, जनयुद्ध लगायत परिवर्तनको आन्दोलनमा बलिदान गर्ने सबै सहिदहरुको सम्झनामा यस अवधिमा विभिन्न कार्यक्रम गर्ने गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जिल्ला जिल्लामा शहिद परिवार भेटघाट एंव बिभिन्न कार्यक्रम आयोजना शहिद सप्ताह मनाउने तयारी गरेको जनाएको छ ।