नारायणगढ–बुटवल सडक निर्माणमा भईरहेको ढिलासुस्ती प्रति स्थानीय आक्रोशित

0

नवलपरासी – नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भईरहेको ढिलासुस्ती प्रति स्थानीय आक्रोशित भएका छन् । बर्दघाट प्रेस क्लबको आयोजना , बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र बर्दघाट उद्योग बाणिज्य संघको समन्वयमा आइतवार यहाँ आयोजित अन्तरक्रियामा स्थानीयले आक्रोश पोखेका हुन् ।
राजमार्ग निर्माणमा भएको ढिलासुस्ती र यसले पारेको प्रभावका बिषयमा सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त आक्रोश ब्यक्त गरे ।
बि.स.२०७५ साल पौष ४ गते सम्झौता गरी माघ २४ गते देखि शुरु गरिएको आयोजना तीन बर्ष ६ महिना भित्रमा सम्पन्न गर्नुपर्ने थियो ।
तर २÷२ पटक सम्म म्याद थप गर्दा समेत आयोजना नसकिने निश्चित जस्तै भएको स्थानीयले बताएका छन् ।
म्याद सकिएकै आधारलाई हेर्दा पनि २०८० असार मसान्त सम्म आयोजना सक्नु पर्छ तर निर्माणको कार्य बल्ल ४८ दशमलब ५० प्रतिशत मात्र भएको छ ।
बर्दघाट नगर उप प्रमुख रुद्रप्रकाश उपाध्ययाले सडक निर्माण कार्यढिला हुदाँ स्थानियवासीहरुले निक्कै सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले नगरले आयोजनालाई उपलब्ध गराउनु पर्ने नदीजन्य वस्तु उपलब्ध गराउन सक्ने जति उपलब्ध गराउन नगरपालिका तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
सरोकारवालाहरु सहभागी रहेको कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले नारायणगढ–बुटवल सडक खण्डको निमार्णकार्यका लागि आवश्य पर्ने नदीजन्य वस्तुको सहजताका लागि पहल गर्ने देखि लिएर अनुगमनका साथै गुणस्तरका सवालमा आवश्यक कार्वाही गर्ने उल्लेख गनुभयो ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले निर्माण कम्पनी सधैं विभिन्न वाहाना वनाएर पञ्छिने गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा आफ्ना धारणा ब्यक्त गर्दै बर्दघाट खानेपानीका अध्यक्ष दीपक लम्सालले सडक निर्माणको क्रममा आयेजना कम्पनीसंग राम्रो समन्वय भै समयमा नै खानेपानीका पाईपलाईनको विस्तार ब्यवस्थापन गर्न सफल भएको जानकारी गराउनुभयो ।
बर्दघाट बजार विकास समितका अध्यक्ष तारा गौतम र पञ्चनगर बजार विकासका अध्यक्ष रामजी चापागाईले निर्माण कार्य ढिलो भएको मा एकले अर्काेलाई दोषा रोपण गर्नु भन्दा सम्वन्धित निकाय आफैले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
त्यसैगरी संसारकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल पराजुली र पारीजात सामुदायिक वनका अध्यक्ष कमानसिंह थापाले निर्माण कम्पनीसले सामुदायिक वनसंग सहकार्यनै नगरी काम गरीरहेको बताउनु भयो । नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका गजेन्द्र चौधरीले आयोजनाले गर्नु पर्ने विद्युतीकरणका काम समयमा नै नगर्दा त्यसको अपजस विद्युतलाई आएको बताउदै बिद्युतको काम भनेको लाईन काट्ने र लाईन दिने काम मात्र हो बाँकी जिम्मा सडक डिभिजन कार्यालयको रहेको बताउनु भयो ।
नेपाल टेलिकम बर्दघाट शाखाका बाबुराम आर्चायले सडक निर्माणको काममा टेलिकमका कारण कुनै अवरोध नभएको दावी गर्नु भयो ।
बर्दघाट नगरपालिका वडा नं.४ का वडाध्यक्ष वेदविना तिवारीले नागरिकले पनि सम्वन्धित निकायलाई झकझकाउनु पर्ने बताउदै नगरपालिका र मातहतका निकायवाट आवश्यक समन्वय भैरहेको जिकिर गर्नु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यले सडकका खाल्टाखुल्टीका कारण शिक्षकको निधन भएको दुखद स्मरणगर्दै,प्रदुषणका कारण मानव स्वास्थ्मा गम्भीर असर परेको बताउनु भयो ।
निर्माण कार्य गर्दा अपनाउनु पर्ने सावधानी नअपनाएको देखिएपछि पटक पटक पत्राचार गर्दा पनि अटेर गरेको नारायणगढ–बुटवल सडक खण्डका रेसीडेन्ट इन्जीनियर शशी श्रेष्ठले दावी गर्नुभयो । राष्ट्रिय गौरवको आयोजना अन्तरगत नारायणगढ –बुटवल सडक खण्ड १ सय १३ किलोमिटर चार लेनमा विस्तार गर्ने सम्झौता भएको थियो ।
निर्माण कार्यको जिम्मा लिएको चाईना स्टेट कम्पनीका कन्ट्याक सहायक म्यानेजर विनित कोईरालाले काम गर्ने सवालमा केही कमजोरी रहेको बताउदै आफूले आएका समस्या सम्वन्धित निकायमा पु¥याउने प्रतिवद्धता गर्नुभयो ।

You might also like