क्रान्तिकारी कम्युनिस्ट पार्टीको रामग्राम नगर समिति गठन
नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिको एकता अधिबेशन , प्रशिक्षण, बैठकले बसन्तको संयोजकत्वमा १३ सदस्सीय नगर संगठन समिति निर्वाचित गरेको छ । समितिको सहसंयोजकमा अरुण रहेको नगर ईन्चार्ज जयकिसनले जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि संकल्पले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सहसंयोजक श्रमीक, नगर संयोजक जयकिसनल शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रदेश सदस्य तथा नगर संयोजक बसन्तको अध्यक्षतामा भएको थियो ।