अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलन बिराटनगरमा
रवि पाण्डेय
काठमाण्डौ – अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलन बिराटनगरमा हुदैछ । मजदुर आन्दोलनको आगामी कार्यदिशा तय गर्नका लागि देशैभरका क्रान्तिकारी मजदुरहरु विराटनगरमा केन्द्रीत हुने क्रम जारी छ ।
मजदुरहरुको रोजगारी, तलब–वृद्धि, निशुल्क स्वास्थ्य, सुरक्षा र अधिकारको निम्ति संघर्षको आव्हान ! क्रान्तिकारी कार्यदिशाको विकास, जागरण र एकताको निम्ति पाँचौ राष्ट्रिय सम्मेलन !! भन्ने मुलनाराका साथ हुने सम्मेलन शुरु हुने छ ।
सम्मेलन उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कण्डेलले गर्ने कार्यक्रम रहेको महासंघका महासचिव बसन्त बोगटीले जानकारी गराउनुभयो ।
राष्ट्रिय सम्मेलन फागुन २६ गते उद्घाटन भएर २७ र २८ गते बन्द सत्र संचालन भई समापन गर्ने कार्यसुची रहेको उहाँले बताउनुभयो ।
सम्मेलन उद्घाटन सत्रमा संयुक्त टे«ड युनियन संर्घष समितिमा अगुवाहरु समेत विराटनगर पुग्ने कार्यक्रम छ । सम्मेलनमा देशैभरका १ सय ५० बढी प्रतिनिधि पर्यबेक्षक सहभागी हुने महासंघले जनाएको छ ।