पश्चिम नवलपरासीको चिसापानीमा राजमार्ग नजिकै बम बिष्फोट !
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै बम बिस्फोट भएको छ । दिब्यज्योति माबि बर्दघाट–२ को मतदान केन्द्र देखि करिब सय मिटर उत्तर र पूर्व पश्चिम लोकमार्गको नजिकै खोल्सामा बंम बिष्फोट भएको हो ।
संसदीय निर्वाचन बाट असन्तुष्ट दल तथा समुहहरुले निर्वाचनमा भय पैदा गर्न ठुलो आवाज आउने बंम पड्काएको हुन सक्ने स्थानीयको अनुमान गरेका छन् । करिब १२ बजेको समयमा पडकिएको ठूलो आवाज आएपछि स्थानीय स्थानीय मतदाताले ठूलो आवाजमा के पड्किएको हो ? निद्रा खल्बलिएको भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन् ।
बर्दघाट–४ बाडिपिडितका कृष्ण प्रसाद भण्डारीले ११ः५४ बजे ठूलो आवाजमा के पड्किएको हो भनेर फेसबुकमा उति नै बेला पोष्ट गरेका थिए । बर्दघाट–२ चिसापानीका महेश पाण्डेले रातमा आवाज ठूलै आएको प्रतिक्रिया दिनुभयो । आवाज ठूलै सुनेको हो –उहाँले स्थानीय पत्र संग भन्नुभयो ।
स्रोतका अनुसार निर्वाचनमा असन्तुष्ट दलले उक्त स्थानमा सिलिन्डरलाई बंमका रुपमा बिष्फोट गराएका हुन् । रातिको बंम बिष्फोट पछि प्रहरीले सुरक्षा निगरानी कडा पार्दै गस्ती बढाएको थियो । चिसापानी सामुदायिक वन उपभोक्ता समुहको कार्यालय पछाडि खोल्सामा बंम बिस्फोट भएको हो । जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी) ; नेकपा( मशाल) र नेकपा( बहुमत)ले संसदीय निर्वाचन बहिष्कार÷अबज्ञा गर्दै आएका छन् । विप्लव नेकपाले निर्वाचन खारेजीको माग गर्दै आएको थियो । सार्वजनिक रुपमा उक्च बंम बिस्फोटको जिम्मा भने अझै सम्म कसैले लिएको छैन् ।