आमाको पथमा अभिनेता धिरज नाडकर

0

बाल्यकालमा जब आमा चलचित्रको छायांकन गर्न मुम्बईबाट नेपाल आउँथिन् । त्यति बेला उनी आफूलाई पनि नेपाली फिल्म खेलाउनुन् भनेर आफ्नी आमासँग जिद्धी गर्थे । बाल्यकालमा नेपाली चलचित्रमा अभिनय गर्ने धिरज नाडकार यति बेला साँच्चै नेपाली चलचित्रको नायक भएका छन् । नेपाली चलचित्रकी एक समयकी लोकप्रिय अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् धिरज नाडकर ।

यति बेला उनी काठमाडौंमा छन् । उनी नेपाली चलचित्र बाबरीमा नायकका रूपमा मुख्य भूमिका निर्वाह गरेका छन् । उनले अभिनय गरेको चलचित्र बाबरी यसपालिको दसैंको अवसर पारेर १४ असोजबाट देशव्यापी रिलिज हुँदै छ । यसमा अर्का अभिनेता धिरज मगरको प्रतिस्पर्धीका रूपमा धिरज नाडकर रहेका छन् ।

एक वर्षअघि चलचित्र बाबरीको छायांकनमा आउँदै धिरज नाडकरलाई नेपाली भाषा त्यति राम्ररी बोल्न आउँदैनथ्यो । तर, यतिबेला उनी नेपाली भाषा मिठोसँग बोल्छन् । बाल्यकालमा आफ्नी आमाले नेपाली भाषामा अरूसँग कुरा गरेको देख्दा उनलाई नेपाली भाषा निकै मन पथ्र्यो । पछि उनले आमाका थुप्रै नेपाली फिल्म हेरे । जसमध्ये आमाले अभिनय गरेको नेपाली चलचित्र सम्झना र कुशुमेरुमाल उनलाई साह्र्रै मन प¥यो । सोही कारण आमाको पथ पहिल्याउँदै उनी पनि नेपाली चलचित्रको नायक बनेका छन् ।

त्यसो त धिरज नाडकरले थुप्रै विज्ञापनमा मोडलको रूपमा काम गरिसकेका छन् । तथापि, उनले डेब्यु भने नेपाली चलचित्र बाबरीबाटै गरेका छन् । हुन त उनी बलिउडबाटै डेब्यु गर्न सक्थे । तथापि, आफ्नी आमा तृप्ती नाडकरले नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा बनाइएको उचाइलाई उनी अझ चुल्याउन चाहन्छन् । सोही कारण आपूmले नेपाली चलचित्र नै रोजेको उनले बताए ।

‘धिरजले नायकका रूपमा नेपाली चलचित्रमा काम गर्दा सबैभन्दा बढी खुसी आमा तृप्ती भइन् । सो’bout धिरजले भने, ‘आमा पनि मलाई नेपाली चलचित्रमा नायकका रूपमा हेर्न चाहनुहुन्थ्यो । उहाँले नै एक जना साथमार्फत चलचित्र बाबरीमा नायकका लागि मेरो कुरा गर्नुभएको रहेछ ।’ त्यसपछि आपूmलाई निर्देशक सुरेन्द्र पौडेलले नायकको रूपमा बाबरीमा अनुबन्धित गरेको यी अभिनेताले बताए ।

यो चलचित्रमा धिरजले आफ्नै संवादको स्वरांकन आफ्नै भाषामा बोलेका छन्, ‘फिल्ममा मैले राम्रै नेपाली बोलेको छु र मेरो लवज दर्शकलाई केही नयाँ र रमाइलो लाग्ने छ ।’ उनले भने, ‘अबका दिनमा नेपाली भाषा अझ राम्रोसँग सुधारेर आउँदा नेपाली चलचित्रमा प्रस्ट नेपाली बोल्नेछु ।’

चलचित्र बाबरीमा धिरजको नायिकाका रूपमा अदीति बुढाथोकी छन् । अनमोल केसीसँग चलचित्र ‘कृ’बाट डेब्यु गरेकी अदितीको यो दोस्रो नेपाली चलचित्र हो । मुम्बईमा बसेर मोडलिङ गर्दै गरेकी अदितीको नायक भएर काम गर्दा आफुले धेरै कुरा सिक्न पाएको पनि धिरजले बताए ।

यो चलचित्र’bout अभिनेता धिरजले भने,‘बाबरी खासमा त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र हो । बाल्यकालदेखिको साथी भएर पनि बाबरीले यो फिल्ममा त्यो साथीलाई मन नपाराएर मलाई मन पाउँछिन् । त्यसपछिको प्रेमको उतार चढाब यो चलचित्रमा हेर्न पाइन्छ ।’

चलचित्र बाबरीकै लागि पहिलोपटक गत वर्ष नेपाल आएका उनलाई नेपाल साह्रै मन पर्छ । आफ्नी आमाले बयान गरेको जस्तै सुन्दर नेपाल भएको उनले बताए । चलचित्र बाबरीपछि पनि सोही कारण उनी नेपालमा रहेर नेपाली चलचित्रमै काम गर्ने योजना सुनाउँछन् । rajdhanidaily

You might also like