आधारभुत वर्गका मुद्धा उठान गर्न क्रान्तिकारी माओवादी नेता श्रीसको जोड
दाङ (देउखुरी) २२ भाद्र – नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य राम सिं श्रीसले जनतामा मुद्धाहरुलाई उठान गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको दुई दिन सम्म भालुवाङमा भएको बैठकमा प्रशिक्षण दिदै उहाँले आधारभुत वर्गका जनतामा मुद्धालाई उठान गर्नुपर्नै औल्याउनुभयो ।
जनताका मुद्धालाई हामीले छाड्नुहुदैन, मंहगी र भष्ट्रचारका मुद्धाहरु हामीले उठाएका पनि छौ – उहाँले भन्नुभयो – कमरेडहरुले लघुबित्तले गरेका शोषणका बारे संर्घष चाल्नुभएको छ । तर, कुनै पनि संर्घषलाई सोलोडोलो रुपमा होइन । गहिराईबाट उठाउनु पर्छ ।
उहाँले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई सक्रिय बहिष्कार गर्नुपर्नेमा जोड दिदै त्यसका लागि पार्टीलाई सुदृढीकरण र शुद्धीकरणमा लैजानुपर्ने बताउनुभयो ।
सो अवसरमा पार्टी पीबीएम तथा प्रदेश ईञ्चार्ज केबी गुरुङले प्रदेश पार्टीले पुरा गर्नुपर्ने कार्यभार बारे पीबीएम तथा प्रदेश सेक्रेटरी संकुलले पार्टीका योजना बारे विचार राख्नुभयो ।
बैठकमा पार्टीका पीबीएम धनेश्वर पोखरेल, केन्द्रीय सदस्यहरु नीरज केसी,टीकाराम पौडेल, टीका राना, पार्टीका केन्द्रीय सल्लाहकार क्षेत्रबहादुर थापा क्षेत्री , पिताम्बर आचार्यलगायतले धारणा राख्नुभएको छ ।
बैठकले निर्वाचन बहिष्कार सहितका कार्ययोजना पास गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।