माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

0

 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता  विधेयक र सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर देखिएको समस्याका बारेमा पनि छलफल हुनेछ ।   malmalafm

You might also like