बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन भोलि
बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन भोलि हुँदैछ। निर्वाचनका लागि तयारी पूरा भइसकेको र मंगलबार बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।
समितिको नेतृत्वका लागि गठबन्धन दलहरु र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले समन्वय समितिमा साझा उम्मेदवार उठाएका छन् भने एमाले एक्लैले उम्मेदवार उठाएको छ। जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ।
समितिको निर्वाचनमा नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र स्वतन्त्रका १ गरी गठबन्धनसंग १२ मत रहेको छ भने एमालेसंग ८ मत मात्रै छ। dineshkhabar