विमानको हवाई मार्ग सफा नभई उडान अनुमति नदिइने

0

 

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले उडान गर्ने र पुग्ने गन्तव्य स्थलमात्र नभई हवाई मार्ग इनरुटको मौसमसमेत सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । ‘इनरुटको मौसम सफा नभए पनि उडानको अनुमति दिने गरिएकोमा अब त्यसो गरिन्न’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले भन्नुभयो– ‘तारा एयरको विमान दुर्घटनाबाट पाठ सिकेर त्रुटि सच्याउन लागिएको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ ।’ ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भीएफआर भिजुअल फ्लाइट रुल्स बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । उड्डयन क्षेत्रमा भीएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्यान्ड गर्ने विधि भन्ने बुझिन्छ । तर, आईएफआर इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।प्रवक्ता कर्णले भन्नुभयो– ‘यो नियम भीएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागु हुनेछ । आईएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुने छैन ।  malmalafm

You might also like