बालबिवाह रोकथाम अभियानमा आरोही महर्जन
काठमाडौं, बैशाख १५ गते । बिश्व कीर्तिमानी सगरमाथा आरोहिको बाल बिवाह रोकथाम अभियानलाई निरन्तरता दिँदै आउनु भएको छ ।
आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले विसं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्धघोष गरेको बाल बिवाह रोकथाम अभियान लाई ललितपुरबाट सुरुवात गरेको छ । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी गर्नुभएको हो ।
नेपालको अन्य अल्पसंख्यक पीछाडिएका दनुवार जाति र प्रत्येक विद्यालयमा पुगेर वालविवाह बारे सचेतना अभियान शुरु गर्ने आरोही महर्जनले बताउनुभयो । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरङ, सुनसरी, रौतहट मकवानपुर, सर्लाही जिल्लाहरुमा रहेका दनुवार बस्तीहरुमा समेत अभियान सञ्चालन गर्ने उहाँको भनाई छ । यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन छदैछ । गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक, सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ ।
शिक्षाको माध्यमबाट बाल बिवाह रोकथाम अभियान चलाउने गरी बिश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणी तर्फ बाट २०७५ जेष्ठ ९ गते र उत्तरी मोहोडाबाट २०७६ जेष्ठ ९ गतेका दिन सफल आरोहण गरी बिश्व किर्तिमानी राख्न सफल हुनु भएको थियो । gorkhapatra