कैलालीको एक घरबाट ९ तोला सुन र डेढ लाख चोरी
कैलालीको एक घर तथा खुद्रा पसलमा चोरी भएको छ।
भजनी नगरपालिका–७ चरा बस्ने अमर सिह कठरियाको घर तथा खुद्रा पसलमा चोरी भएको छ। सोमबार राति उनको घर र पसलबाट करिब ९ तोला बराबरका सुनका गहना तथा पसलमा राखेको नगद करिब १ लाख ५० हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न हाल फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। dineshkhabar