काठमाडौंको मेयरमा भुवन केसीको उम्मेदवारी घोषणा

0

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौंले आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । यस अघि नेकपा एमालेसँग नजिक रहेका उनलाई सो पार्टीबाट यस अघि २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ को उम्मेदवारको घोषणा गरे पनि उनपछि उनको नाम फिल्म लिएपछि केसी सो पार्टीबाट रुष्ट थिए ।

यतीबेला अभिनेता भुवनलाई उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको हो । अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीमा भुवन केसी केन्द्रिय पदाधिकारीमा छन् । यस पार्टीको मंगलवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भुवन केसीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको एक बिज्ञप्तिमार्फत जनाएको छ ।

चुनाव चिन्ह खुला किताव

अभिनेता केसीलाई मेयरको टिकटसँगै उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको विभागीय अध्यक्षको समेत जिम्मेवारी दिइएको छ । पार्टीद्धारा प्रेषित प्रेस विज्ञप्तिमा यस्तो लेखिएको छ, ‘नेपाली कला संस्कृतिका मूर्धन्य व्यक्तित्व, संसारका सबै देशका लागि सद्भावना राजदूत सरह रहनु भएका काठमाडौंका पुस्तैनी बासिन्दा, काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावनाको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका नायक भुवन केसीको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।’

अभिनेता भुवन केसीले केही दिन यताबाट आफु पनि काठमाडौंको मेयरको उम्मेदवार बन्न सक्ने बताउँदै आएका थिए ।तर यतीबेला उनलाई मेयरको उम्मेदवारको रुपमा घोषणा गरिएको छ । बुधबार यो विषयमा भुनव केसीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनले एमाले पार्टी छाडे पनि एमालेको सो पार्टीसँग सम्बद्ध जनपक्षीय चलचित्रकर्मी संघबाट राजिनामा दिएका छैनन् । सो संस्थाबाट पनि राजिनामा उनले दिने भएका छन् ।

अब सो पार्टीको नियम अनुसार अभिनेता केसीले आफ्नो सम्पत्ति बिवरण पार्टीलाई बुझाउने छन् । त्यसपछि पार्टीको तर्फबाट मेयरमा उनको उम्मेदवारी दर्ता गराईने छ । यो विषयमा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले राजधानीसँग भने,‘ थुप्रै चरणको बार्तापछि हाम्रा केही एजेन्डा प्रति उहाँ निकै सहमत हुनु भयो र काठमाडौंको मेयरका लागि उम्मेदवार बन्न तयार हुनु भयो । अब उहाँलाई काठमाडौंको मेयरको रुपमा जिताउन सोही अनुसारको भूमिका खेलिने भएको छ ।’

अभिनेता केसीले उम्मेदवारी दिएर मात्र आफ्नो उम्मेदवारीको घोषणा गर्ने भनेका थिए । तर पार्टीले निर्णय गरेर बुधबार एक विज्ञप्तिमार्फत उनको उम्मेदवारी’bout जानकारी गराएको छ ।     rajdhanidaily

You might also like