गोरखामा महिला मृत फेला

0

 

गोरखा — गोरखा नगरपालिका ९ की ३५ वर्षीया फुलमायाँ सिर्मल मृत फेला परेकी छन् । माइत आएकी सिर्मल बुधबार बिहान गोरखा नगरपालिका ६ स्थित भीआईपी टोल नजिकैको आलुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।

मृतक महिलाको शरीरमा कुनै चोटपटक नदेखिए पनि घटनास्थल नजिकै रगत देखिएको उनले बताए ।

घटना शंकास्पद देखिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ ।    kantipurnews

You might also like