कैलालीमा पासोमा परेर मर्‍यो चितुवा

0

धनगढी: कैलालीमा पासोमा परेर चितुवा मरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो। चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले दिनेशखबरलाई जानकारी दिए।

‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ उद्धारको काम गर्न नपाउदै चितुवा मरेको हो,’ रिजालले भने, ‘मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाड्ने तयारी छ।’ पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए।

उक्त वन क्षेत्रमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन्। दुई वर्ष अगाडि घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर छाडा र मौहन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो।  dineshkhabar

You might also like