पूर्व अर्थमन्त्री पौडेलले भने -‘सैनामैनाकोे विकास लोभलाग्दो छ ’

0

 

पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकाको विकास लोभलाग्दो रहेको बताउनुभएको छ । बुधवार नगरको वडा नं. ३ मुर्गियास्थित साप्ताहिक हाटबजार उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्दै पौडलले यस्तो बताउनुभएको हो ।

उहाँले पर्रोहा, दुधराक्ष र सालझण्डी गाविस रहेको खण्डमा यि तिन गाविस मिलेर नगरपालिका बनेको चर्चा गर्दै जनप्रतिनीधि आइसकेपछि सैनामैनाले साचिच्कै लोभलाग्दो विकास गरेको बताउनभयो । उहाँले भन्नुभयो —‘सैनामैना देशकै कान्छो नगरपालिका हो, तर यहाँ विकास निर्माणका कार्यले फड्को मारिसकेछ, जुन नमुना नगरको रुपमा लिन सकिन्छ । ’

सैनामैना ब्यवस्थित बसाईको आधुनिक शहर बन्दै गएको र आम जनसमुदायको रोजाईमा पर्न थालेको पौडेलको भनाई छ । ‘यो नगरपालिकालाई गाउँको अवस्थाबाट नगरको अवस्थामा विकसित गर्नका लागि नगरको नेतृत्व र नगरवासीहरुले जुन प्रकारको प्रयास गर्नुभएको छ, त्यसप्रति प्रशंसा गर्दछु ; पौडेलले भन्नुभयो । ’

एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले नगरमा रहेको सैनामैना चक्रपथ देशकै नमुना योजनाको रुपमा रहेको बताउँदै यहाँका विकासका दिर्घकालिन योजनाहरु निर्माणको क्रममा रहेको उल्लेख गर्नुभयो ।

नगरका योजनाहरु मध्ये सैनामैना लामिरह बाँध सिचाई आयोजना, पर्रोहा बोलबम धाम, हिलपार्क लगायतका पर्यटकीय सम्भावना बोकेका विकासे योजना सम्पन्न गरेरै छाड्ने पौडेलले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मुर्गियामा निर्माण भएको आधुनिक तथा आर्कषण हाटबजारलाई प्रदुषणमुक्त हाटबजारको रुपमा विकास गर्नुपर्नेमा नेता पौडेलको जोड छ । व्यवस्थित हाटबजारले कृषकहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विक्री वितरणका लागि समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।

करिब १ विघा १४ कठ्ठामा निर्मित मुर्गियाको हाटबजारमा एक तर्फ ५८ र अर्को तर्फ ५५ वटा सेड रहेका छन् । उक्त हाटबजारमा साँझको समयमा पनि विक्री वितरण गर्न सहज होस् भन्ने हेतुले विद्युतीय सेवा समेत जडान गरिएको छ ।

हाटबजारको निर्माणका लागि संघीय सरकारबाट रु. ४० लाख, प्रदेश र नगरपालिकाको समपुरक अनुदानबाट ४ करोड गरि कूल रु.४ करोड ४० बजेट विनीयोजन भएको थियो । जसमा रु.३ करोड ४३ लाख २ सय ६९ उक्त हाटबजारको लागत रहेको छ ।

२०७६ सालको वैशाखमा निर्माण सुरु गरिएको हाटबजारमा पर्खाल, नाली, सडक स्तरोन्नती, इन्टरलक टायल गर्ने देखि शौचालय निर्माण सम्मका कामहरु भएका छन् ।   malmalafm

You might also like