चितवन निकुञ्जमा जन्मिएको नयाँ छावाको नाम भद्रगज राखियो
तीन वर्षअघि गोपालगज जन्माएकी हिमालकलीको भद्रगज दोस्रो सन्तान हो । हात्ती प्रजनन् केन्द्रका प्रमुख मनपुरन महतो थारुका अनुसार अहिले जन्मिएको भद्रगज स्वस्थ छ । छावालाई सुसारेहरुले तेल लगाइदिने र घाममा राख्ने काम गर्छन् ।
यस्तै माघको १९ गते नै तीर्थमानकलीले छावा जन्म दिएको केन्द्रका प्रमुख मनपुरन महतोले जानकारी दिए । उसको नाम रामसारकली राखिएको छ ।
यो वर्ष तीन वटा हात्तीले छावा जन्माइसकेका छन् । अरु तीन हात्ती तमोरकली, लोकतन्त्रकली र ऐश्वर्यमाला गर्भवती रहेको केन्द्र प्रमुख महतोले जानकारी दिए ।
एउटा हात्ती गर्भ रहेको २२ देखि २४ महिनामा सुत्केरी हुने गर्छन् । हाल हात्ती प्रजनन् केन्द्रमा २३ वटा हात्ती छन् । हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्केका हात्तीका छावालाई तालिमपछि देशका अन्य निकुञ्जहरूमा पठाइने गरिएको छ ।onlinekhabar