राप्ती स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा.लामिछानेले गरे पदबहाली
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार पुगेर डा.लामिछानेले पदभार ग्रहण गरेका हुन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले डा.लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए ।उपकुलपतिको जिम्मेवारी सम्हाल्दै उपकुलपति लामिछानेले प्रतिष्ठानमा मेडिकल शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तथा आफ्नै कार्यकालभित्र प्रतिष्ठानमा एमबिबिएसको पढाइ सुरु गर्ने बताए ।
नव नियुक्त उपकुलपति लामिछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, प्रतिष्ठानका डिन डा. सागर पन्थी, अस्पतालका सहायक निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए ।onlinekhabar