कपिलवस्तुको बुद्धभूमी नगरपालिका वार्ड न–४ मा माघी महोत्सव हुने
कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमी नगरपालिका वार्ड न–४, मोर्मामा “वडा स्तरीय तेस्रो माघी (खिचडी) महोत्सव–२०७८” हुने भएको छ । थारु समुदायको संस्कृति, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष महोत्सव हुने भएको हो ।
ऐतिहसिक रुपमै स्थापित गौतम बुद्धका सन्तान भूमिपुत्र आदिवासी थारु समुदायको आधुनिकीकरणको कारणले लोप हुँदै गएको परम्परागत भाषा, कला तथा संस्कृति परम्परालाई विशेषगरी नेपाली समाजमा छुट्टै पहिचान बनाउँनका लागि थारु समुदायको महान पर्व माघिलाई निरन्तरता दिदै वडा स्तरीय तेस्रो माघि खिचडी महोत्सवका संयोजक नन्दराम थारुले बताउनु भयो ।