नेपाल निबृत्त राष्ट्र सेबक समाज तुलसीपुर दाङको पाचौं अधिबेशन

0

ईश्वरी प्रसाद गैरे
तुलसीपुर : नेपाल निबृत्त राष्ट्र सेबक समाज तुलसीपुर दाङको पाचौं अधिबेशन तथा बाह्रौ साधारणसभा मंगलवार तुलसीपुरमा सम्पन्न भएकोछ । कार्यक्रममा प्रमुख अतिथि नेपाल निबृत्त राष्ट्र सेबक समाज केन्द्रीय अध्यक्ष चतुरमान डाँगीले राज्यले निबृत्त राष्ट्र सेबकहरुको अनुभवलाई राष्ट्र निर्माणकार्यमा प्रयोग गर्नेुपर्ने धारणा राख्दै अधिबेशनले सफल सक्षम नेतृत्व चयनगर्दे समाज अगाडि बढनेकुरामा ढुक्क रहेको बताउनुभयो । उहाँले झण्डै बीस लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको समाजको भबन समेत उदघाटन गर्नु भएको थियो ।शुभकामना मन्तब्य दिनेहरुमा समाजका केन्द्रीय उपाध्यक्ष शंकर गौतम , केन्द्रीय महासचिव हर्ष बहादुर डाँगी , तुलसीपुर साहित्य प्रतिष्ठान का अध्यक्ष डिल्ली राज श्रीधर ,बृद्द सेवा समिति का अध्यक्ष खुमानन्द अधिकारी , समाजका सल्लाहकार ईश्वरी प्रसाद गैरे लगायत हुनुहुन्थ्यो । कार्यक्रममा सचिव जगत कुमार ओली ले समाजको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष भीष्म कुमार लामिछानेले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियोे ।
समाजका सदस्य धर्म नाथ योगीले स्वागत , तथा समाज का सल्लाहकार शेषमणी रिजालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा नयाँ कार्य समिति सर्बसम्मत द्वारा चयन गरियो ।
अध्यक्ष निमकान्त ढकाल ,उपाध्यक्ष धुर्ब गौतम , सचिव जगत कुमार ओली , कोषाध्यक्ष गगन कुमार गौतम ,सहसचिव चेचराज शिह ठकुरी सहकोषाध्यक्ष निम बहादुर छन्त्याल , सदस्यहरुमा जिबा कुमारी पुन , पार्बती भुसाल,मिना गिरी,शेर बहादुर खडका, गोबिन्द राज आचार्य , कृष्णबहादुर खत्री ,राम बहादुर कुमाल, बुद्धि प्रकाश शर्मा ,नन्दलाल भण्डारी रहनुभएको छ ।
समाजका अध्यक्ष जय पृथ्वी बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

You might also like