एमसीसी अनुमोदन गरे दलालहरुलाइ देशबाट खेदिन्छ : समिर
ईश्वरी प्रसाद गैरे
दाङ – नेकपा ( क्रान्तिकारी माओवादी ) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निरज के सी समिरले सरकारले संसदमा अनुमोदनका लागि टेबुल गर्न लागेको एमसीसी परियोजना संसदबाट पारित गरेमा दलालहरुलाई देश निकाला गर्ने चेतावनी दिनुभएको छ ।
उहाँले भन्नुभयो– देशले बलिदान मागे बन्दुक बोकेर आउने छौ – मंगलवार दाङमा छ पार्टीको बिरोध सभामा बोल्दै केसीले दलालहरुले राष्ट्रिय हित बिपरित काम गर्दै गरेको हुदाँ त्यसलाई रोक्न स्वाभिमानी नेपाली सडक सङ्घर्षमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
अमेरिकी शासकहरु दक्षिण एसिया छिरेर त्यसमा पनि नेपाल छिरेर चीनलाई घेरा हाल्ने र नेपालका बहुमुल्य खनिज पदार्थ हडप्ने योजना साथ एमसीसी परियोजना अगाडि सारेर आएको उहाँको भनाई थियो ।
कार्यक्रम अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम दाङ जिल्ला इञ्चार्ज सितल ल एमसीसी पास गर्नेहरुले डलर खाएर पचाउनका लागि संसदबाट पास गर्न खोज्दै रहेकोले नेपाली जनताको आन्दोलन बाट उक्त सम्झौता खारेजी गरिने बताउनुभयो ।
यसैगरी नेकपा मसालका दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले एमसीसी परियोजना रणनीतिक महत्व भएको हुदा अमेरिकीहरु जसरी पनि संसदबाट पास गराउन दवाब दिदै आएकोले स्वाभिमानी नेपालीले सचेतपुर्बक यसको बिरुद्ध उठनुपर्ने कुरा बताउनुभयो ।नेकपा मालेका प्रदेश सदस्य कपिल देब पोख्रेलले दलालहरुलाई अमेरिका जाने भए पाँच पाच रुपैयाँ उठाएर भए पनि पठाउन सकिने तर एमसीसी खारेजी गर्नुपर्ने कुरा बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा नेपाल दाङका अध्यक्ष तथा केन्द्रीय सदस्य गणेश आचार्यले नेपाली जनताले स्वाभिमानी आन्दोलन गर्दै आएका र पटकपटक धोका हुदै आएकोले त्यसतर्फ सचेत रहनुपर्ने र एमसीसी खारेजी नहुदासम्म निरन्तर सङ्घर्ष चलिरहने बताउनु भयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले एमसीसी परियोजना नेपाली जनताको भावना बिपरित भएको बताउनुभयो ।
उहाँले एमसीसी खारेजीको अभियानमा अडिग रहन दाङ जिल्लाबाट निर्बाचित सांसदहरुलाई आग्रह गर्दै यो आग्रहलाई बेवास्ता गरेर सम्झौता पारित गर्न सहयोग गरेमा जनस्तरबाट बहिष्कार गर्ने चेतावनी दिनुभयो ।
दाङ घोराहीको ट्राफिक चोकबाट नाराजुलुस गर्दै बैक रोड हुदै तुलसीपुर चोकमा आम सभामा परिणत भएको थियोे ।उक्त कार्यक्रम को सहजिकरण युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक योगीले गर्नुभएको थियो ।