उत्पादनको खाका बनाउदै संकल्प बहुउदेश्शीय सहकारी !
नवलपरासी : संकल्प बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट – ४ को १३ साधारणसभा सम्पन्न भएको छ । बुधवार भएको सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ ।
साधारण सभा उद्घाटनमा बोल्दै बर्दघाट नगरपालिका सहकारी शाखा प्रमुख कृष्ण मरासिनीले सहकारीले बचत तथ ऋणको मात्र काम नगरेर उत्पादनमुलक कार्यमा लाग्न सुझाव दिनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिका पशुपन्छी मत्स्य विकास शाखा प्रमुख भरत लम्साललगायतले शुभकामना दिदै सहकारीले पशुपालनको क्षेत्रमा लगानी गर्न लागेको नगरबाट सक्दो सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एंव सल्लाहकार चुडामणी भण्डारीले संस्थाले धेर्रै आरोह अवरोह पार गर्दै यहाँसम्म आएको उल्लेख गर्दै सहकारीका शेयर सदस्य र संचालकको मेहेनतलाई उत्पादनसंग जोडनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष छविलाल खरेलले ब्यवसायिक पशुपालनको खाका प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले कृषि तथा पशुपालन सम्बन्धि कार्यबिधि र कर्मचारी नियामावली लगायतका नीतिहरु पस गरेको छ ।
सभाले कोषाध्यक्ष धुब्र कुमारी सापकोटाले प्रस्तुत गर्नुभएको आय ब्यय तथा बजेट अनुमान र लेखा समितिको प्रतिबेदन परिमार्जन सहित पारित गरेको छ ।
संस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षता बर्दघाट नगरपालिका सहकारी शाखा प्रमुख कृष्ण मरासिनीको प्रमुख आतिथ्यता रवि पाण्डेयको संचालनमा भएको कार्यक्रममा ज्ञानु नेपाल ज्ञवालीको स्वागत रहेको थियो ।
साधारणसभाबाट संस्थामा रिक्त रहेको उपाध्यक्ष पदमा मुक्तमाया महतो सचिवमा विनोद कण्डेललाई सर्बसम्मत रुपमा चयन गरिएको छ । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, ऋणी, बाल वचतकर्ता एंव उत्पादन कार्यमा खटने ब्यक्तित्वलाई सम्मान गरिएको थियो ।