पेट्रोल र ग्यासको मूल्य वृद्धिको दाङमा बिरोध कार्यक्रम

0

ईश्वरी प्रसाद गैरे

दाङ घोराही : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) देउखुरी दाङ जिल्ला समितिले आइतबार पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यबृद्दिको बिरोध गर्दै दाङ जिल्लाको सदरमुकाम घोराही को तुलसीपुर चोकमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (क्रान्तिकारी माओबादी) देउखुरी दाङका का इञ्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य समिर केसी , थारु राष्ट्रिय मुक्ति मोर्चा का केन्द्रीय महासचिव रामजी थारु , नेकपा (क्रान्तिकारी माओबादी) देउखुरी दाङ जिल्लाका सेक्रेटरी नरेन्द्र बञ्जाडे लगायतका वक्ताहरुले मन्तब्य राख्नु भएको थियो । उक्त बिरोध कार्यक्रममा बक्ताहरुले सरकार द्दारा गरिएको पेट्रोलियम पदार्थको मुल्य बृद्दि तत्काल फिर्ता लिएर जनतामा राहत दिन माग गरेका थिए । नेपाल आयल निगममा कार्यकर्ता भर्ती केन्द्रको माध्ययम बनाएको , निजामती र शिक्षक भन्दा दुईतिहाइ भन्दा बढी सुबिधा दिई निगमलाई आर्थिक भार थोपरेर नेपाली जनताको ढाड सेक्ने गरि मुल्यबृद्दि गरेर जनतालाई आर्थिक भार थपिएकोले चारैतिरबाट असफल सरकारले जनतालाई भारि बोकाएर पीडा दिएको बताएका थिए ।

पेट्रोलियम पदार्थको मुल्यबृद्दिले गाडी भाडा ढुवानी लागत बढने खाद्यान्न लगाएतका सामानको मूल्य बृद्दि भएकोले तत्काल मुल्यबृद्दि खारेजी गरि जनतालाई राहत दिन आग्रह गरे ।

वक्ताहरुले सरकार सञ्चालनका प्रमुख दल प्रधानमन्त्री शेर बहादुर देउपा र नेकपा माओबादी केन्द्र का अध्यक्ष प्रचण्डले जनतालाई धोका दिई mcc परियोजना सम्झौता सँसदबाट पास गर्छौं भनी अमेरिकी साम्राज्यवादीलाई पत्र पठाएको भन्ने प्रधानमन्त्री को भनाइले उनिहरु अमेरिकी साम्राज्यवाद का असली बफादार रहेको पुष्टि भएको कुरा बताएका थिए ।

अहिले अदालतमा देखिएको अराजक प्रबृत्ति सँसदिय ब्यबस्था असफल भएको पुष्टि गरेको बताए । राष्ट्र राष्ट्रियता पक्षमा यो सरकार उभिएन र  मुल्यबृद्दि हटाईएन र  mcc जस्तो राष्ट्रघाति सम्झौता गरियो भने सरकार का बिरुद्ध सङ्घर्ष चर्काउने कुरा बताएका थिए । घोराही नगरको चोकचोकबाट नाराजुलुस गर्दै क्रान्तिकारी माओबादी दाङले तुलसीपुर चोकमा पुगेर बिरोध सभा गरेको थियो । कार्यक्रम सञ्चालन पार्टीका सचिबालय सदस्य तिलक बिक ले गर्नु भएको थियो ।

You might also like