युवालाई उत्पादनमुखी कार्यमा जुट्न पुर्ब मन्त्री बरालको आव्हान( फोटो फिचर )
बर्दघाट ३१ साउन :
नेकपा ( माओवादी केन्द्र) का नेता एवं पुर्ब मन्त्री सुदर्शन बरालले उत्पादनमुखी कार्यमा जुटन युवाहरुलाइ आव्हान गर्नु भएको छ । लुम्विनी प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री बरालले यूवाहरु परिवर्तनको सम्बाहक रहेको बताउदै युवाहरु उत्पादनमा जोडिए मुलुकले फड्को मार्ने दाबी गर्नुभयो ।
आइतबार पश्चिम नवलपरासीको बर्दघाटमा पार्टीको सहायक संगठ्न योङ कम्युनिस्ट लिग (वाईसिएल) को नगर भेलालाई सम्बोधन नेता बरालले उक्त बिचार ब्यक्त गर्नु भएको हो । कार्यक्रममा वाईसिएलका लुम्विनी प्रदेशका अध्यक्ष जितेन्द्र पुनले हरेक तहमा हुने बिसङगतिका विरुद्ध वाइसीएल लाग्ने दाबी गर्नु भयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका लुम्विनी प्रदेश सचिवालय सदस्य एवं पुर्व स्थानीय बिकास राज्यमन्त्री घनश्याम यादव; पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद; महिला नेतृ तथा संविधान सभा सदस्य सिता बौडेल, प्रदेश सदस्यद्वय रामानन्द यादव, सुर्य प्रसाद यौपाने, बाईसिएल प्रदेश उपाध्यक्ष माधव बस्नेत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वाईसिएल जिल्ला संयोजक दिपक राना,जिल्ला सदस्य कविराज आचार्य, अखिल क्रान्तिकारीका जिल्ला संयोजक विशाल गिरी, अनेम संघ ( क्रान्तिकारी ) बर्दघाट नगर अध्यक्ष धनमाया गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भेलाले हरि ढकालको अध्यक्षतामा ५१ सदस्यिय वाईसिएस नगर कमिटी गठन गरेको नेकपा ( माओवादी केन्द्र) का नगर इन्चार्ज रुद्र प्रकाश उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रम वाईसिएल नगर ईञ्चार्ज हरि भुर्तेलको अध्यक्षता, मोहन सापकोटाको संचालन र वाईसिएल नगर सदस्य मेघराज भण्डारीको स्वागत मन्तब्य रहेको थियो ।