कक्षा १२ का बिद्यार्थीलाई परीक्षाअघि खोप !
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै खोप दिन सरकारलाई सुझाव दिएको छ ।
साउन ३१ गते शुरु हुने परिक्षाअगावै विद्यार्थीलाई खोप उपलब्ध गराउन समितिले सरकारलाई सुझाव दिएको हो । निर्णय सुनाउँदै ४ लाख विद्यार्थीरुलाई परीक्षा दिनुअघि खोप दिन पहल गर्न सरकारलाई समितिको सुझाव छ थियो ।
कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ ।
कक्षा १२ को परीक्षा विद्यार्थीहरुले वर्ष होम सेन्टरमै दिन पाउनेछन् ।
Lumbini times