लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट २ दिनमा ५ जनाको मृत्यु
बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत उनीहरुको शनिवार र आइतबार विहान मृत्यु भएको हो। मृत्यु हुनेमा रुपन्देहीका २ जना, गुल्मीका २ जना र प्युठानका एक जना रहेका छन् ।
रुपन्देहीको तिलोत्तमा ५ की ३२ वर्षिय महिलाको आज विहान ३.१० बजे र बुटवल ७ का ४४ वर्षिय पुरुषको शनिवार साँझ सवा ६ बजे मृत्यु भएको हो ।
त्यसै गरी गुल्मी इस्माका ७१ वर्षिय पुरुषको आइतबार विहान २.१० बजे र गुल्मीकै चन्द्रकोटका ५६ वर्षिय पुरुषको शनिवार राती साढे ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए । प्युठानको सुमारानी गाउँपालिकाका ६३ वर्षिय महिलाको शनिवार दिउसो साढे १ बजे मृत्यु भएको छ। ….Lumbini times