बिश्वकर्मा समाजको प्रथम साधारणसभा सम्पन्न

0

पुष्पा गिरी/बर्दघाट, ३० असार :

बिश्वकर्मा सेवा समाजको प्रथम साधारण सभा बुधवार सम्पन्न भएको छ । छुवाछुत बिरुद्ध जनचेतना फैलाउने ,आय मुलक क्रियाकलापको बिकास गर्ने,अन्तर जातिय बिवाहलाई प्रोत्साहन गर्ने लगायतका कुराहरुलाई बिकास तथा बिस्तार गर्नको लागि यो समाजको निर्माण भएको हो । समाजमा हाल सम्म १ सय ६० सदस्य रहेका छन । समाजले सदस्यको परिवारमा मृत्यु भएमा त्यस्तो अवस्थामा सहयोग स्वरुप दश हजार पाचँ सय दिने गरेको कुरा अध्यक्ष गणेश बिश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालले देशमा छुवाछुतको कारण घटेका बिभिन्न घटनाको उदाहरण दिदैँ हाम्रो नगरमा कुनै किसिमको जातिय बिभेद नहुने दावी गर्नुभयो । उहाँले जातिय बिभेदले समाजको बिकास नहुने कुरा बताउदैँ यस समाजको बिकासमा पालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । साथै निम्न आय स्रोत भएका बर्गलाई बिधुत युनिटमा केहि छुट समेत रहेको उहाँले जानकारी दिनुभयो ।

You might also like