स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

0

पुष्पा गिरी, नवलपरासी २५ फागुन :

नेकपा (क्रान्तिकारी माओवादी) र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा मङगलवार श्रध्दान्जली सभा सम्पन्न गरिएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य पार्वती पान्डेयको स्मृतिमा पान्डेय निवास बर्दघाट ४ दिब्यनगरमा सयुक्त कार्यक्रम भएको हो । कार्यक्रममा क्रान्तिकारी माओवादी पोलिट्ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदिले पार्वतिले आमूल परिवर्तन र श्रमको सम्मानमा भुमिका खेलेको बताउनुभयो । त्यस्तै अर्का पोलिट्ब्युरो सदस्य अशोक लम्सालले जनयुद्धमा पान्डेय परिवारले खेलेको भुमिकाको चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भबिश्वर तिवारी आजाद , रास्टिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा रक्तिम सास्कृतिक परिवारका अध्यक्ष रेम राना क्रान्तिकारी पत्रकार महासङ्घका उपाध्यक्ष टेक मास्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज पिताम्बर आचार्य , क्रान्तिकारी पत्रकार महासङघका महासचिव राम कुमार श्रेष्ठ एवं विभिन्न पार्टीका नेता कार्यकर्ताहरु समेत सहभागी भएको क्रान्तिकारी पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्जय तिवारीले जानकारी दिनुभयो ।

स्व. पान्डेयको परिवार माओवादी आन्दोलनमा सहभागी परिवार हो । स्व. पान्डेय २०५६ साल देखि पार्टी सदस्य रहि इलाका कमिटीमा आबद्द रहेको र उहाँ अनेमसघ क्रान्तिकारीको बिभिन्न कमिटीमा सङ्गठित भइ जनयुद्धलाई सरिक भएको क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेल बताउनुभयो । कार्यक्रम क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्र बहादुर थापाको सन्चालनमा भएको थियो । कार्यक्रममा स्व.पान्डेयको परिवारको तर्फ बाट जेस्ठ छोरा रवि पान्डेयले मन्तब्य राख्नुभएको थियो । स्व .पान्डेय कि जेठी बुहारी लक्षमी क्रान्तिकारी पत्रकार महासङघको जिल्ला कोषाध्यक्ष र कान्छा छोरा रमेश अखिल क्रान्तिकारीको जिल्ला सयोजक हुनुहुन्छ । स्व.पान्डेयका २ छोरा २ बुहारी ४ छोरी १२ नाति नातिना छन् । निडर स्वभाब कि पार्वती सामाजिक कार्यमा समेत सहभागी हुनुहुन्थ्यो । उहाँ चिसापानी सामुदायिक बन उपभोक्ता समुहको सस्थापक सदस्य समेत हुनुहुन्थ्यो । ६३ बर्सिय पान्डेयको यहि फागुन १९ गते रक्तचाप तथा निमोनियाको कारण उपचारको क्रममा निधन भएको थियो । उहाँ एक सफल बाख्रापालक किसानको रुपमा समेत परिचित हुनुहुन्थ्यो । त्यस्तै नेपाल पत्रकार महासघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पान्डेयकि आमा स्व. पार्वती पान्डेयको स्मृतिमा नेपाल पत्रकार महासङघ पश्चिम नवलपरासी शाखाले मङलबार श्रद्दान्जली कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले पनि शोक सभा गरेको थियो । मगलबार पान्डेयको स्मृतिमा ३ वटा कार्यक्रम गरिएको थियो ।यस अघि आइतबार त्रिबेनि टेलिभिजनले शोकसभा गरेको थियो ।

You might also like