प्रतिनिधिसभा विघटन विरुद्ध परासीमा विरोध प्रर्दशन

0

नवलपरासी – प्रतिनिधिसभा विघटन विरुद्धमा शनिवार पश्चिम नवलपरासीको परासीमा पनि विरोध प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा विरोध प्रदर्शन गरिएको हो । सो क्रममा आज भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन् ।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो । उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल शिक्षक सङ्घ, नेपाल कर्मचारी युनियन संघ, र नेपाल प्रेस युनियन लगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो । नेपाल ट्रेड युुनियनका जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रतिनिधिसभा विघटन विरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ ।

You might also like