सरावलकाे तीन स्वास्थ्य चाैकीमा ल्याब सेवा सञ्चालन

0

उमेश कि.क / नवलपरासी ,२४ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा तिन स्वास्थ्य चाैकीमा ल्याब सेवा सञ्चालनमा अाएकाे छ ।

सरावल गाउँपालिका वडा नं. २ ,३ र ७ मा ल्याब सेवा सन्चालनमा रहेको गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे।

ल्याब सन्चालन संगै पालिका अन्तर्गतका जनताहरुलाई थप अवसर सृजना भएको बताउदै मेडिकल अफिसर (डाक्टर ) अनिस गुप्ताबाट बिरामी चेकगर्ने सुबिधा थप भएको बताउनु भएको हाे।

बिरामी ब्यक्ति प्रत्येक हप्ताको सोमबार मनरी स्वास्थ चौकी ,प्रत्येक हप्ताको बिहीबार भुजहवा स्वास्थ्यचौकी र प्रत्येक हप्ताको शुक्रबार सरावल स्वास्थचौकीमा सम्पर्क गरि चेकजाँच गराई अाैषधि उपचार गराउनु अनुरोध गर्नुभएको हाे।

अध्यक्ष चाैधरीले ल्याव प्रयोगशाला शुरु भएपछि स्थानीयबासीलाई सदरमुकाम सम्म गएर ल्याब परीक्षण गर्ने समस्या हटेको बताए। आम नागरिकको स्वास्थ्य महत्वपूर्ण भएकोले स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि गाउँपालिका सधै लागिरहेको बताउनु भएको हाे। ल्याव सेवा सुचारुले गर्दा विरामीहरुलाई अझ भरपर्दाे र गुणस्तरिय सेवा दिन र राेग निदान गर्न सहज भएको र अनावश्यक अाैषधि प्रयाेगमा कमि अाउने उहाँले वताउनुभयाे ।

You might also like