अनेरास्ववियूद्वारा प्रधानमन्त्री ओलीको पुत्लादहन

0

नवलपरासी -अनेरास्ववियू पश्चिम नवलपरासीले आज (विहीवार ) सांझ परासी बुद्धचोकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूको केन्द्रिय कमिटीको संघर्षका कार्यक्रम अनुसार अनेरास्ववियू नवलपरासीकोले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको संघर्ष समितीका संयोजक सन्जय मौर्य ले जानकारी दिनुभयो ।

नेकपा प्रचण्ड–नेपाल समुह अनेरास्ववियू अन्र्तगतको जिल्ला कमिटीको बैठकबाट कार्यालय सदस्य सन्जय मौर्यको संयोजकत्वमा ७१ सदस्यिय संघर्ष समिती गठन गरेको बताईएको छ । विरोध प्रर्दशनमा अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य अमित खड्का पश्चिम नवलपरासी सह–संयोजक बिशाल गिरी लगायतको उपस्थिती रहेको थियो ।

You might also like