संसद विघटन गरेर ओलीले देशलाई संकटमा धकेले, हामी अदालतको फैसला कुरीरहेका छौँः देउवा

0

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक तरीकाले संसद विघटन गरेर देशलाई संकटमा पुर्याएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित भर्चुअल संवादमा देउवाले
जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेकै बेला ओलीले असंंवैधानिक कदम चालेका कारण काँग्रेसले सडकमा बिरोध जनाएको बताए ।
संसद विघटनको बिषयमा सर्वोच्चमा मुद्धा चलिरहेको र काँग्रेसले त्यसलाई कुरीरहेको देउवाले बताए । उनले आफूहरु लोकतन्त्रमा विश्वास गर्ने भएकाले स्वतन्त्र न्यायपपालिकाको निर्णय कुर्ने बताए ।

बीपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता बढेको भन्दै सभापति देउवाले ‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर देश फर्किएको उनले स्मरण गरे ।

मिर्मिरे अन्लाईन

You might also like