प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलास तोकियो
काठमाडौं, पुस १० गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलास तोकेको छ ।
सो अनुसार प्रधानन्याधीश चोलेन्द्र शम्शेर जवारा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीकाे इजलासले सो मुद्दामा सुनुवाइ गर्नु हुने छ ।
यस अघि प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै १२ वटा रिटमाथि सुनुवाइ गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले सबै रिट निवेदनलाई संवैधानिक इजलसमा पठाउने आदेश गर्नु भएको थियो ।
गोरखापत्र अनलाइन