अर्थमन्त्री पौडेलद्वारा बुटवलको कालिकापथको पैदल अवलोकन

0

 ३०  मंसिर ,बुटवल– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विहान बुटवलको कालिकापथ सडकको अवलोकन तथा निरिक्षण गरेका छन्। उनले कालिकानगरबाट अस्पताल लाइनसम्म पैदल हिडेर विस्तार हुँदै गरेको कालिकापथ सडकको अवलोकन गरेका हुन्।

रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले सडकको निर्माणको प्रगती, गुणस्तरियता, लगायतका बारेमा जानकारी लिएका थिए।

स्थलगत अवलोकनका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि, प्रदेश सभा सदस्य दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य लगायत सहभागी थिए ।

लुम्बिनी टाइम्स

You might also like