चितुवाको छाला र अफिम सहित दुई व्यक्ति पक्राउ
२६ कात्तिक / दाङ प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।घोराही उपमहानगरपालिका वडा नं। ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं। १२ का २६ बर्षीय मधु डाँगी र प्युठान नौबाहिनी गाउँपालिका वडा नं। ५ का २७ बर्षीय धनसिंह टमाटा रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले ३ किलो ७५० ग्राम लागू औषध ९अफिम० र पुच्छर सहितको ६ फिट ११ ईन्च लम्वाई भएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेश चन्दले जानकारी दिए ।
तुलसिपुर अन्लाईन