क्षयरोगका कारण हात्तीको मृत्यु

0

नवलपुर , असोज २६ । चितवन राष्ट्रिय निकुञ्जमा क्षयरोग देखिएको एउटा हात्तीको मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार निकुञ्जको बेलसहर पोस्टको १९ वर्षको विक्रमप्रसाद नाम गरेको भाले हात्तीको मृत्यु भएको हो ।

मृत्यु भएको हात्तीमा क्षयरोग (टीबी) देखिएको उहाले जानकारी भयो  । टीबी लागेका निकुञ्जका हात्तीमध्ये गत वर्ष तीन वटा र यो वर्ष दुई वटा हात्तीको मृत्यु भएको थियो ।

उक्त हात्ती बच्चादेखि नै बिरामी हुने गरेको थियो । क्षयरोगसमेत भएको सो हात्ती आइतबार मरेको हो ।  आज (सोमबार ) हात्तीको धार्मिक विधिअनुसार पूजापाठ गरेर माटोमा पुरेर अन्त्येष्टि गरिएको छ । हात्तीलाई हिन्दुर्धमा गणेश भगवानको प्रतिको रुपमा लिईने हुदा पनि पुजापाठ गरि अन्त्येष्टि गरिएका निकुञ्जका सूचना अधिकारी अशोक रामले बताउनु भयो ।

 

 

एनटीएनसीको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेका अनुसार चितवनमा निकुञ्जका २० हात्ती र एनटीएनसीको तीनवटा हात्तीमा टीबी देखिएपछि उपचार सुरु भएको थियो । टीबी नै भएका कारण ६३ सालयता निकुञ्जका अहिलेसम्म सातवटा हात्ती मरेको रामले बताउनुभयो ।..Nawanpur FM

You might also like