नगरको दैबि उद्धार कोषमा इसाई समाज ५५ हजार आर्थिक सहयोग

0

सुनवल नगर इसाई समाजले सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा आर्थिक सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि बुधबार ५५ हजार ५ सय ५५ रुपैया नगद सहयोग गरेको समाजले जनाएको छ । उक्त सहयोग रकम सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापालाई समाजका अध्यक्ष सुमन दर्लामीले हस्तान्तरण गर्नु भएको थियो ।

You might also like