कुलमान घिसिङको कार्यकाल दोहोर्‍याउन माग गर्दै शान्तिपूर्ण र्याली

0

भदौ २३
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहो¥याउन माग गर्दै मध्यबिन्दु ७ चोरमाराका युवाहरुले शान्ती पुर्ण र्यालि निकालेका छन् । लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभाउनुभएका घिसिङलाई पुन सोही पदमा नै नियुक्ति गरिनुपर्ने भन्दै दबाब मुलक शान्ती पुर्ण र्याली निकालेका हुन् । चोरमारका सक्रिय युवाहरुको साथमा सामाजिक दुरी कायम गरि पर्चा पप्लेट बोकेर र्याली निकालिएको स्थानिय सकृय युवा सुरेश कुमालले जानकारी दिनुभयो ।


जनअपेक्षा अनुसारको कार्य गनुभएका घिसिङको कार्यकाल नदोहोर्ए अबस्था झन जटिल बन्न सक्ने भन्दै कुमालले उहाँलाई नै पुन नियुक्ती गर्नुपर्ने माग गर्नुभयो । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षेकार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि उहाँको प्रशंसा सुरु भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यले उहाँको प्रशंसा झन थपिएको थियो ।उहाँको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाई नै दोहो¥याउनुपर्छ भन्ने माग उठिरहेको छ । चोरमारामा बजार नै परिक्रमा गरेको टोलिमा चोरमाराका सक्रिय युवाहरुको सहभागीता रहेको थियो ।

You might also like