हावाबाट कोरोना सर्ने वैज्ञानिकहरूको दाबी डब्ल्यूएचओले स्वीकार्‍यो, अनुसन्धान जारी

0

२४ असार ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइबरस हावाबाट सर्ने वैज्ञानिकहरूको दाबीलाई स्वीकार गरेको छ । केही दिनअघि मात्रै ३२ देशका २३९ जना वैज्ञानिकहरूले हावाबाट कोरोना भाइरस सर्ने दाबी गरेका थिए ।

यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्यूएचओलाई खुला पत्र लेख्दै हावाबाट पनि कोरोना भाइरस संक्रमण हुने भएकाले हालका मापदण्ड परिवर्तन गर्नुपर्नेसमेत आग्रह गरेका थिए । यो भनाइलाई मंगलबार स्वीकार गर्दै संगठनले कोरोना भाइरस महामारी हावाबाट सर्छ/सर्दैन भन्नेबारे छलफल गरिरहेको बताएकाे छ । उसले पत्रकार सम्मेलन गर्दै हावाबाट सरेको धेरै प्रमाण भए पनि अहले नै यकीन गरेर भन्न सकिने अवस्था नरहेकोले अनुसन्धान जारी रहेको बताएको हाे ।

स्वास्थ्य संगठनका एक अधिकारीले भनेका छन्- ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई स्वीकार गर्न सकिन्छ । तर हामी अझै प्रमाण संकलन र संकलित प्रमाणमाथि अझै अनुसन्धान गर्छौं ।’

यदी यो कुरा प्रमाणित भए हालको मापदण्ड परिवर्तन गर्नुपर्ने पनि उसले जनाएकाे छ । यसअघि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाको माध्यमले फैलने बताउँदै आएको थियो । त्यसैको आधारमा कम्तिमा अन्य मानिसभन्दा कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो । तर संक्रमण कम हुनुकाे सट्टा विश्वरभर थप फैलिरहेकाे छ ।

News24Nepal

 

You might also like