विभिन्न मुलुकबाट आजपनि ९ सयभन्दा धेरै नेपाली स्वदेश फर्किँदै

0

काठमाडौं, १९ असार । बिदेशमा अति समस्यामा परेका नेपालीहरु स्वदेश आउने क्रम जारी छ । शुक्रबार (आज)पनि पाँच मुलुकबाट ९ सय भन्दा धेरै नेपाली स्वदेश फर्किने तालिका रहेको त्रिभूवन विमानस्थल स्रोतले जनाएको छ ।

जसमा कतारबाट आज बिहानै नेपाल एयरलाइन्सको विमान १ सय ४५ नेपाली बोकेर काठमाडौंतर्फ उडिसकेको छ । त्यस्तैगरी यूएईबाट एयर अरेवियाको उडान दिउँसो साढे एक बजे हुनेछ । जसमा १ सय ६८ जना नेपाली आउने बताइएको छ ।

कतार एयरवेजको विमानले पनि दिउँसो दुइ बजे अमेरिका, क्यानडा र युरोपबाट १ सय ४० जना नेपाली स्वदेश ल्याउने जनाइएको छ । त्यस्तैगरी मालिन्दो एयरको उडानबाट पनि दिउँसो तीन बजे मलेसियाबाट १ सय ७८ जना आउने तालिका रहेको छ ।

आजै युएईबाट अर्को उडान पनि हुँदैछ। जसको उडान नेपाल एयरलाइन्सले भर्दैछ । उसले १५० जना ल्याउने बताइएको छ।

News24nepal

You might also like