नेपाली काङ्ग्रेसद्वारा श्रद्धाञ्जली सभा सम्पन्न
उमेश बि.क
नवलपरासी १२ असार – पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको १३ औं दिनको पुण्य तिथिमा नेपाली काङ्ग्रेस नवलपरासीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
शुक्रबार उहाँको निवास त्रिबेणीमा श्रद्धाञ्जली सभा नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका सभापति बिष्णु पौडेलको सभापतित्व तथा नेपाली कान्ग्रेसका केन्द्रीय सह महामन्त्री डा।प्रकाश सरण महतको प्रमुख आतिथ्यता एवं पार्टीका केन्द्रीय सदस्य तथा सांसद देबेन्द्र राज कण्डेलको बिशिस्ट आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
जेठ ३२ गते गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट दुर्घटनामा परि दुखद निधन भएको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै काङ्ग्रेसका केन्द्रीय सह महामन्त्री महतले राजकुमार शर्माको निधनले नेपाली कान्ग्रेसलाई ठुलो क्षति पुर्याएको बताउनु भयो । वहाको निधनले कान्ग्रेसलाई मात्र नभई एउटा समाजको असल अगुवा नै गुमाएकोले देशलाई नै स्तब्ध बनाएको बताउनु भयो ।
त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद कण्डेलले प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्यका साथै विकास प्रेमी, जुजारु एवं लोकप्रिय नेता भएको र उहाँले पार्टीको संगठनमा सक्रिय योगदान पुर्याउनु भएको स्मरण गर्दै शर्माको निधनले पाटीलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो ।
श्रद्धाञ्जली सभामा नेपाल महिला संघ नवलपरासी कि सभापति कमला तिवारी पराजुली ,क्षेत्रीय सभापति तथा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल ,प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष अन्जु चौधरी लगायतले शोक मन्तब्य ब्यक्त गर्न भएको थियो ।
श्रद्धाञ्जली सभामा जिल्ला पदाधिकारी ,क्षेत्रीय सभापती ,महासमिती महाधिबेशन प्रतिनिधि ,पालिका प्रमुखरउपप्रमुख,जिल्ला नेता,भातृ संस्था अध्यक्ष,पार्टी नेता तथा कार्यकर्ता लगाएत उपस्थिति रहेको सभामा भाई भानु शर्माले परिवारजनवाट धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन जिल्ला सचिव गजानन्द पटेलले गर्नुभएको थियो।