बर्दघाट नगरस्तरिय विपद समितिको बैठक

0

नवलपरासी २३ जेठ – बर्दघाट नगरस्तरिय बिपद ब्यवस्थापन समितिको बैठकले ५० शैयाको आइसोलेशन सेन्टर बनाउनका लागि विकल्पहरु बारे छलफल गरेको छ ।


छलफलमा प्रस्ताव राख्दैं नगर प्रमुख धीरज शर्मा बस्यालले कोरोना संक्रमणको वर्तमान अवधिमा नगरपालिकाले संकटका बेला सबैसंग सहकार्य गर्न सर्वपक्षीय बैठकहरुलाई ध्यान दिदै आएको बताउनुभयो । उहाँले सर्वदलीय तथा विपद ब्यवस्थापन समितिमा भएका छलफल र त्यसका निर्णयहरुलाई कार्यपालिकामा निर्णय गराई ठोस योजना ल्याइने जानकारी दिनुभयो ।
शुक्रवार भएको बैठकमा बर्दघाट नगरपालिकामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु समेत सहभागी थिए ।
छलफलमा नेपाली काग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठले कोरोना संक्रमणका बेला अन्य आयोजना भन्दा कोरोना नियन्त्रण गरी नगरवासीलाई कसरी बचाउन सकिन्छ भन्नेबारे विहीवार नै सर्वदलीय बैठक भई सो बैठक पछि विपदको बैठक बसेकोले लकडाउनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारे धारणा राख्नुभएको थियो ।
बैठकमा उप प्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक हुमनाथ रेग्मी बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोईराला (शिव) लगायतले बोल्नुभएको थियो ।

You might also like