दलित आन्दोलनकारी माथि भएको दमनको मोर्चाद्धारा निन्दा
रुकुम घटनाका दोषी उपर कानुनी कारवाही गर्न माग
नवलपरासी १९ जेठ – नेपाल दलित मुक्ति मोर्चा पश्चिम नवलपरासीले पश्चिम रुकुममा भएको नरसंहारको घटनामा दोषी उपर कारवाहीको माग गर्दै उत्रिएका दलित अगुवाहरु प्रति दमन भएको भन्दै आपति जनाएको छ । सोमवार मोर्चाका जिल्ला संयोजक मंगले सार्की (बिष्णु)द्धारा जारी बिज्ञप्तिमा घाइते भएका उत्रिएका दलित अगुवाहरुको स्वास्थ्य उपचार तथा रुकुम घटनाका दोषी उपर कानुनी कारवाही गर्न माग गरिएको छ ।
बिज्ञप्तिमा – गत जेष्ठ १० गते नरसंहारकारी घटना भएको छ । घटनाको विरोधमा देशैभर दलित समुदाय आन्दोलित छ । सोही क्रममा जेष्ठ १८ गते आइतबार माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा सडक प्रदर्शनमा उत्रिएका दलित आन्दोलनका नेताहरु, कार्यकर्ताहरु र उक्त कार्यक्रममा ऐक्यबद्धता जाहेर गर्न पुग्नु भएका सयौ न्यायप्रेमी जनता उपस्थित भएको कार्यक्रममाथि प्रहरीले निर्मम दमन गरेको छ । –भनिएको छ ।
संयोजक सार्कीद्धारा जारी बिज्ञप्तिमा – राज्य पुरै फाँसिवादी शैलिमा उत्रेको छ । हाम्रो संगठन यस प्रकारको मानव अधिकार बिरोधी नृशंस दमनको घोर विरोध तथा निन्दा र भत्र्सना गर्दछ । –उल्लेख गरिएको छ ।
उक्त बिज्ञप्तिमा थप भनिए कोछ – संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा देशैभर भएको कार्यक्रममाथि प्रहरीले गरेको फासिवादी दमनको विरोधमा र सम्पुर्ण उत्पीडित दलित जाती र समुदायको मुक्तिको पक्षमा हुने आन्दोलनमा सम्पूर्ण न्यायप्रेमी देसभक्त जनसमुदायलाई ऐक्यबद्धताको लागि अपिल गर्दछौ ।