क्रिया नबस्नु आमा–बुबाप्रति अपमान होइन सांंस्कृतिक रुपान्तरण हो – सुवेदी
स्व.बिमामाया भुजेलको निवासमा शोक सभा
टेक मास्की
बुटवल १६ जेष्ठ – नेकपा (क्रान्तिकारी माओवादी) देवदह नगर समितिले आज देवदह–८ मा शोक सभा गरेको छ । पार्टीका रुपन्देही सचिवालय सदस्य राजु भुजेलका आमा स्व.बिमामाया भुजेलको निधन भएको सातौं दिनको अवसरमा भुजेलकैं निवासमा शोक सभा भएको हो ।
भुजेलको गत जेष्ठ १० गते ७९ वर्षको उमेरमा दुःखद निधन भएको हो ।शोक सभामा बोल्ने वक्ताहरुले रुढीवादी सस्कारलाई त्यागी प्रगतिशील समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
जीवित छदा आमा–बुबालाई नहेर्ने छोराहरुले मृत्युपछि काजक्रियाको ढोङ गरेको टिप्पणी पनि उनीहरुले गरेका थिए । कार्यक्रममा बोल्दैं पार्टीका पोलिटव्युरो सदस्य प्रेम सुवेदीले मृत्युपछि क्रिया नगर्नु आमा–बुबाप्रति अपमान होइन समाजले सम्झने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांस्कृतिक रुपान्तरणका लागि भुजेल परिवारले खेलेको योगदानको चर्चा गर्नुभएको थियो ।
भुजेलका जीवित तीन छोरामध्ये कान्छा छोरा तथा बुहारी क्रिया बस्नु भएको छ भने जेठा छोरा राजु भुजेल र माइलो छोरा ज्ञानबहादुर भुजेल क्रिया बस्नुभएको छैन । शोक सभामा आमाको जीवनी प्रस्तुत गदैं जेठा छोरा भुजेलले जीवित छदा गर्नुपर्ने कर्तव्य आफुले निभाएको र मृत्युपछि क्रिया गर्नुपर्ने सस्कारप्रति आफुलाई विश्वास नभएकाले क्रिया नबसेको बताउंनुभयो । उहांले आमाको नाममा ज्ञानज्योति माध्यमिक विद्यालयमा ५० हजार बराबरको अक्षयकोष स्थापना गर्नै घोषणा गर्नुभएको छ ।
पति हर्कबहादुर भुजेलको अध्यक्षता,पार्टीका देवदह सक्रेटरी ऋषिराम लामिछानेको सञ्चालनमा भएको कार्यक्रममा माक्सवादी विचार मञ्चका केन्द्रीय सचिव बिनबहादुर कुवर,वामपन्थी नेता पुरुषोत्म कंडेल,राष्ट्रिय जनमोर्चा देवदहका अध्यक्ष हरि केसी,अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य निमकला पुन,ज्ञानज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक गोविन्दप्रसाद तिवारी लगायतले बोल्नु भएको थियो । भुजेलका पांच छोरी र चार छोरा मध्ये एक छोरी र एक छोराको निधन भइसकेको छ ।