न्यु भिजन मिडियाद्धारा संचारकर्मीको कोरोना बीमा

0

नवलपरासी १६ जेठ – न्यु भिजन मिडिया प्रालि बर्दघाटले आफ्नो सस्थामा कार्यरत सबै संचारकर्मीहरुको कोरोना स्वास्थ्य बिमा गरेको हो ।
प्रालिद्धारा संचालित स्थानीय पत्र साप्ताहिक तथा बर्दघाट पोष्टमा कार्यरत सबै पुर्णकालीन कर्मचारीहरुको १ लाख रुपैया बराबरको स्वास्थ्य बीमा गरेको हो ।

स्थानीय पत्रका संम्पादक बोल्गा नेपालका अनुसार संस्थामा कार्यरत ५ जना संचारकर्मीलाई अजोड इन्स्योरेन्सबाट कारोना बीमा गरिएको छ ।
प्रालिले संचारकर्मीहरुको सामाजिक सुरक्षा प्रति संबेदनशील हुदै बिमाको प्रबन्ध गरेको नेपालको भनाई छ ।
पहिलो चरणमा पुर्णकालीन कर्मचारीहरुको स्वास्थ्य बीमा गरिएको न्यु भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेयले जानकारी दिनुभयो ।

You might also like