आन्तरिक मामिला तथा कानुन मन्त्री  केसी र प्रमुख जिल्ला अधिकारीबीच भिडियो संवाद

सीमामा निगरानी बढाउनुपर्ने

0

बुटवल २२ बैशाख : आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा भइरहेको प्रयासका बारे जानकारी लिन र आवश्यक समन्वयका लागि आज प्रमुख जिल्ला अधिकारीहरुसंग भिडियो संवाद गर्नुभएको छ । भिडियो संवादमा प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो ।
भिडियो संवादमा मन्त्री केसीले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भारतसंग जोडिएको सीमामा कडाईमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएको र प्रहरीलाई समुदायले सहयोग गर्ने गरी सीमामा निगरानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।
लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न सक्दा मात्रै कोरोनालाई जित्न सकिने भएकाले लकडाउनको पालना गराउन प्रमुख जिल्ला अधिकारीहरुले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा बसे नबसेको निगरानी गर्न शंकास्पद देखिए उपचारको लागि अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि पहलकदमी लिन मन्त्री केसीले आग्रह गर्नुभयो ।
मन्त्री केसीले विकास निर्माणका काम सामाजिक दुरी कायम गरी अघि बढाउन र आवश्यक निर्माणजन्य सामग्रीको ढुवानीको प्रवन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभयो ।
भिडियो संवादमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना नियन्त्रणमा जिल्लामा भएका प्रयासका बारेमा जानकारी गराउनुभयो । प्रमुख जिल्ला अधिकारीहरुले कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने र पछि गर्नुपर्ने कामबारे मन्त्रीलाई जानकारी गराउनुभयो ।

You might also like