शान्तिनगर टोलमा बृहत सरसफाई कार्यक्रम

प्रत्येक दिन आफ्नो घर अगाडि सबैले सरसफाई गर्ने निर्णय

0

बर्दघाट १२ पुष – पश्चिम नवलपरासीको बर्दघाट – ४ शान्तिनगर टोल विकास संस्थाको आयोजनामा बृहत सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोविर पुनको अगुवाईमा टोलवासीहरुको सहभागितामा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष सुर्य पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार संस्थाको निर्णय अनुसार प्रत्येक दिन आफ्नो घर अगाडि सबैले सरसफाई गर्ने निर्णय समेत गरिएको छ । शान्तिनगर टोलका सबै बस्तीहरुमा स्थानीयवासीको बृहत सहभागितामा सरसफाई गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा टोलमा रहेका भद्रभलादमी तथा बुद्धिजीवि लगायतको उल्लेख्ख सहभागिता रहेको बताइएको छ । त्यस्तै टोलले दुई जना सरसफाईकर्ता ज्यालादारीमा समेत लगाएको जनाइएको छ ।

You might also like